बिजयकुमार गच्छदार दोश्रो उपसभापति मनोनित , मंसिर २८ देखि कांग्रेसको महासमिती बैठक



काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिजयकुमार गच्छदारलाई  उपसभापति बनाएका छन । । मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यस सम्बन्धी निर्णय गर्दै गच्छदारलाई उपसभापतिमा मनोनयन गरेकोहो ।

नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको भय पनि दुइ पार्टी एकिकरण गर्दाको सर्त अनुसार राजनितिक निर्णय गर्दै सभापती देउबाले गच्छादार लाई उपसभापतिमा मनोनित गर्ने प्रस्ताब केन्द्रिय समितीमा लगेका हुन ।

प्रतीनिधी तथा प्रदेश सभा चुनाव अघि नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति बनाइएको हो ।

त्यस्तै बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ।  विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि सार्दै बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ।

बैठकमा निर्णय प्रकृया ठीक नभएको तर्क राख्दै पार्टिका पूर्व महामन्त्री तथा पूर्व उपप्राधान्मन्त्री प्रकाश मान सिंह र केन्द्रिय सदस्य अर्जुन नरसिङ केसीले असहमती ब्यक्त गरेका थिय ।

आजको बैठकमा कांग्रेस भातृ सँगठन नेबिसंघको बिधान र संघको अधिबेशनका बारेमा छलफल हुने भनिए पनि  कुनै छलफल नभएको पार्टिका युबा नेता तथा केन्द्रिय सदस्य गुरुराज घिमिरेले न्यू सन्चारलाई बताए ।

प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार  ११ : १४ बजे