मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज धन-धान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरी देशैभर लक्ष्मी पुजा मनाइदै



कात्किक २१,काठ्मान्डौ-

शास्त्रीय मान्यता अनुसार यमपन्चक शुरु भयपछिका ५ दिनलाई तिहार मानिने भय पनि आज लक्ष्मीपुजाको दिनदेखी हर्सोल्लासका साथ तिहार मनाउने प्रचलन रहेको छ । आज देखी ३ दिन सम्म तिहार मनाउन सरकारले राष्ट्रीय बिदा समेत दिने गरेको छ ।

यमपन्चकको तेस्रो दिन आज धन-धान्यकी देबी लक्ष्मीको पुजा अर्चाना गरी देशैभर लक्ष्मीपुजा पर्ब बिधिवत रुपमा मनाइदै छ । आज बिहान लक्ष्मीको प्रतिकको रुपमा गाइको पुजा गर्ने गरिन्छ ।आजको दिनलाई गाइ तिहार पनि भन्ने गरिएको छ ।

बिहान गाइको र बेलुकी घर घरमा दिपावली सहित धना धान्य र ऐश्वर्यकी देबी लक्ष्मीको श्रद्दापूर्वक पुजा अर्चना गर्ने गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

तेस्तै आज साँझ युबा युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । आज देखी नै युबा युबती र केटाकेटिहरुले समुह बनाइ देउसी भैलो खेल्न शुरु गर्दछन ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको हो भन्ने धर्मशास्त्र सम्बन्धी जानकारी राख्ने ज्योतिश शाष्त्रीहरुले  बताउने गरेका छन ।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार  ५ : ०६ बजे