भक्तपुर ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै जात र भाशा का बिचमा रहेको अबिश्वाश को खाडल पुर्नु पर्ने नत्र मुलुक रुवान्डा बन्न सक्ने बताएका छन । अझै पनि जातियता को कुरा ल्याएर सामाजिक रुपमा बिभाजन ल्याउन खोज्नेहरु सकृय रहेको बताउदै नेपालाले तेस्ताहरु प्रती सबै सचेत रहनुपर्ने समेत बताए ।
सूर्यविनायक नगरपालिका वडा नं. ५ को सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल संम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले भने– ‘सबैभन्दा पहिले हामीले जातभन्दा पनि म नेपाली हुँ भन्ने भावना लिनुपर्दछ, जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ’ नेपालले भने ।
वर्तमान सरकारले विकास निर्माणसँगै अन्य काम गरिरहेकाले आउँदो केही वर्षमै मुलुक समृद्ध बन्ने दाबी गरेका उनले विकास निर्माणको काममा सरकारका तर्फबाट पर्याप्त अनुगमन नभएकोप्रति सचेत गराउँदै विकासका लागि सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताए ।
नेपालका सडकमा सानो खाल्डो हुँदा कसैको ध्यान नजाने र मानिसको मृत्यु भएपछि मात्रै ध्यान जानु दुःखद पक्ष भएको भन्दै उनले एउटा सानो ट्रकको रोडाले खाल्डा पुरिने भएपनि निर्माण व्यवसायीले ध्यान नदिँदा दैनिक लाखौैै यात्रु र हजारौं सवारीसाधन जोखिममा पर्ने गरेको बताए ।