मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय बजारबाट ल्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित



परासी

 तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ।

खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन्।

जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको पाल्हीनन्दनका अशोक गुप्ता बताउँछन्।

साँझको बेला आतङ्क नै सिर्जना हुने गरी पटाका पड्काइदासमेत प्रहरीले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको आरोप छ।

परासी बजार क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको अर्का स्थानीयवासी जीतेन्द्र गुप्ता गुनासो गर्छन्।

भारतीय बजारमा दीपावलीको अवसरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थले नेपाली बजारमा पनि स्थान पाउँदै आएको छ।

चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताउँछन्।

सीमाक्षेत्रमा पनि कडा जाँच भइरहेको उनकोे भनाइ छ।

पृथ्वीचन्द्र अस्पतालका डा अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ। रासस

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार  ४ : ३७ बजे