काठमाडौं।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने बताएका छन । देउबाले केहि समस्या भय छलफल गरेर समाधान गरिने र अगामी दिनमा फेरी कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउने समेत बताए ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
कांग्रेसले ससक्त प्रतिपक्षिको भूमिका नखेलेको गुनासो आइरहेको तर अगामी दिनमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेपनि उनले बताए ।
पार्टीभित्र यतिवेला कुनै समस्या नभएको र पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,‘मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन् ।
रिपोर्टर्स क्लब नेपालले हरेक बर्ष शिर्श राजनितिक नेताहरु लगायत बिशिष्ट ब्यक्तिहरुकोमा देउसी भैलो खेल्ने कार्यक्रम गर्दै आइरहेको छ ।