अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगा विवाद भय पछी पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा प्रतिवन्ध



कार्तिक २२, काठ्मान्डौ-

आप्रवासी नीतिका सम्बन्धमा पत्रकार सग सामान्य बाद्बिबाद भय पछी अमेरिकि राष्ट्रपती ट्रम्प रिसले आगो भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादका कारण सीएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा प्रतिवन्ध लगाईएको छ । मध्यावधिक निर्वाचन पछि ह्वाईट हाउसमा आयोजित पत्रकार साक्षात्कारमा सीएनएनका पत्रकार जिम एकोष्टाले प्रश्न सोध्ने क्रममा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि ह्वाईट हाउस प्रवेशको प्रेश पास रद्ध गरिएको हो ।

आप्रवासी नीतिका सम्बन्धमा गरिएको प्रश्नमा ट्रम्प भड्किएका थिए । एकोष्टाका कारण सिएनएन लज्जित हुनुपर्ने भन्दै ट्रम्पले आक्रोश पोख्नुभएको थियो । यद्यपि ह्वाईट हाउसले भने ट्रम्पसंगको विवादका कारण प्रतिवन्ध नलगाएको स्पष्ट पारेको छ ।

एजेन्सि-

प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार  १ : ५९ बजे