अमेरिकाको क्यालिफोर्नियामा गोली काण्ड : १२ जनाको ज्यान गयो अन्य १० जना घाइते



काठ्मान्डौ-

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलिस्स्थित एक मदिरालयमा गोली प्रहार हुँदा एकजना प्रहरीसहित १२ जनाको ज्यान गएको छ भने घटनामा परी कम्तीमा अन्य १० जना घाइते छन्।

स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

मारिनेमा बन्दूकधारी पनि रहेको भेन्चुरा काउन्टीका एकजना प्रहरीले बताएका छन्। तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन।

कलेजका विद्यार्थीहरूमाझ सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए।

अमेरिकामा पटक पटक गोली काण्ड हुने गरेका छन भने धेरै नागरिकको गोली काण्डमा परी ज्यान जाने गरेको छ ।

बिबिसी

प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार  २ : २६ बजे