मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको भरतपुरमा चार लाख ५५ हजार नगद र २३ जुवाडे पक्राउ



चितवन ।

रासस

तिहारको समयमा जुवा तास लगायत आपराधिक घटना कम गराउन प्रहरिले बिशेश सकृयता बढाएको छ ।

भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई  एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट  तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उहांँले बताउनुभयो ।

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए। दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार  २ : ३५ बजे