मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी स्रोतका शिक्षकलाई तलब खुवाउन देउसी भैलो



२३ कात्तिक,म्याग्दि-
रासस

म्याग्दिको एक बिद्याअलयले विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा चार लाख ५३ हजार जुटाएको छ ।

मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर रकम जुटाइएको हो । यो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले जानकारी दिए । बिद्यालयको देउसी अभियानलाई अभिभाबकहाँरुले पनि राम्रो साथ दिएको उनले बताए ।

जिल्लाका पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  ९ : ३७ बजे