मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री को गाडी दुर्घटना,३ जना घाइते



धनगढी –

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नं को स्कारपियो जिप दुर्घटना भएकाे छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा गयराति से ३ प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको हाे। दुर्घटनाका बेला मन्त्री सोडारी भने जिपमा सवार थिएनन ।

दुर्घटनामा तीन जना घाइते भएका छन्।  दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दस वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । अन्य दुईको अवस्था सामान्य रहेकाे छ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  ४ : ३४ बजे