भक्तपुर-
सूर्यविनायक नगरपालिका १० चित्तपोलमा रहेको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा ३३ जनालाई तीन लाख ८४ हजार दुई सय ३० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भाइटीकाको दिन कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा उनिहरुलाई रंगेहात नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय २५ वर्षीय प्रवीण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा हारजीत हुने गरी जुवातास खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरुलाई नगद र १६ थान कौडासहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।