मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाड बाड सकिएपछि सुन र चाँदीको मुल्यमा एक्कासी ठुलो गिरावट



कात्तिक २५, काठमाडौँ –

दशैँ र तिहार लगायतका चाड बाड सकिएपछि अहिले सुन र चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य एकै दिन एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  ८ : ०७ बजे