कात्तिक २६, काठ्मान्डौ-
अन्तिम समयमा रोकिएको ३ राप्रपा को एकिकरण प्रकृया टुङ्गिन केहि समय लाग्ने राप्रपाका नेताहरुले बताएका छन ।
अधिकांश सैद्धान्तिक बिषयमा सहमती भएको भन्दै आज एकता घोषणा गर्ने तयारी भएपनि नेताहरुका बिचमा केहि बिषयमा कुरा मिल्न बाकी रहेको भन्दै एकिकरण प्रक्रिया पछाडि धकेलिएको हो ।
राप्रपा प्रजातान्त्रीकले थप केहि समय माग गरेपछि एकता घोषणा १५ दिन पछि सरेको राप्रपाले बताएको छ । राप्रपा अध्यक्ष कमल थापा र प्रजातान्त्रीकका अध्यक्ष पशुपति शम्सेर राणा बिच हिजो छलफल भएको र सो छलफलमा अध्यक्ष राणाले २ साताको समय मागेपछि आजका लागी तय गरिएको एकता घोषणा कार्यक्रम अन्तिम समयमा स्थगीत गरिएको नेताहरुले बताएका छन ।
पार्टी नेतृत्व र एजेण्डागत हिसाबमा दुबै दलबीच सहमति भएपनि चुनाव चिन्ह ललायत बिषयमा सहमित हुन बांकी छ । तत्कालका लागी एकता कार्यक्रम स्थगीत भएपनि एकता प्रक्रिया केहि दिनमै सकाउने गरी नेताहरुका बिच निरन्तर सम्बाद चलिरहेको राप्रपा श्रोतले बताएको छ ।