मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मुल्य घट्ने क्रम आज पनि रोकिएन



कात्तिक २६, काठ्मान्डौ-

हिजो बाट घट्न शुरु गरेको सुनको मुल्य घट्ने क्रम आज पनि नरोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार ७ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार  ६ : ४६ बजे