तराई मधेशमा छठ पर्वको रौनक चल्दै



काठ्मान्डौ-

नेपालको तराई मधेशमा मनाईने छठ पर्व एतिखेर चली रहेको छ । छटको अबदिभर तराइमधेशमा छुट्टै रौनक हुने गर्दछ ।

बिषेश गरी छटको समयमा त राइ क्षेत्र मा रहेका नदी तथा जलाशया हरुमा उदाउदो र अस्ताउदो शुर्य लाई जल चढाउने हरुको ताती लाग्ने गर्दछ । यो बेला नदी किनार र जलाशय हरुमा बिशेश आकर्शण रहने गरेको छ ।

काठ्मान्डौमा बिभिन्न पेशा ब्यबसाय गरेर बस्ने र अध्ययन का लागी बस्ने बिधार्थी हरुले छट पर्ब एतै पनि आफ्नै सस्कृती अनुसार मनाउने गरेका छन ।

छठपर्वको पहिलो दिन (चतुर्थी) अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिएको छ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।

पाण्डवले बनवास कालमा एक वर्ष गुप्तवासको सफलताका लागि सूर्यको आराधना गरेका थिए। सूर्य पुराणका अनुसार कार्तिक शुक्ल षष्ठीमा सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनसूया यो व्रत बसेकी थिइन्। यसै समयदेखि घठको सुरुवात भएको भन्ने सामाजिक बिश्वाश रहेको छ ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार  ७ : १७ बजे