गाजा क्षेत्रमा इजरेल र प्यालेस्टाइनी लडाकुका बिच फेरी तनाब शुरु



काठ्मान्डौ-

सधै अशान्त रहने गाजा क्षेत्रमा इजरेल र प्यालेस्टाइनी लडाकुका बिच फेरी तनाब शुरु भएको छ ।

इजरेलले सोमवार राति प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा लडाकु विमान प्रयोग गरेर आक्रमण गरिएको बताएको छ।

प्यालेस्टाइनी पक्षबाट ३७० वटा रकेट प्रहार गरेपछि इजरेलले प्रत्याक्रमण गरेको हो।

गाजा स्ट्रिपमा भएका हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। इजरेलको आश्केलन सहरमा भएको रकेट आक्रमणमा एक जनाको ज्यान गएको छ।

गाजामा शासन गर्ने हमास र इजरेल दुवैले आफ्ना कारबाही बढाउने चेतावनी दिएको बिबिसी समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७५ मंगलबार  २ : ०५ बजे