मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी, राजस्व छलेको आशंका



बुट्वल्-

राजस्व अनुसन्धान कार्यलय बुटवलले पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको छ ।

राजस्व छलेको भन्दै पशुपति ट्रान्सपोर्ट कम्पनीमा राजस्व अनुसन्धान कार्यलय बुटवलले शिलबन्दी गरेको हो। राजश्व कार्यालयले भैरहवास्थित पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको हो ।

भैरहवाबाट जाँदैं गरेको लु १ च ८१०७ नम्बरको जिप सहित राजस्वको टोलिले मंगलबार बुटवलबाट १३ बोरा कपडा बरामद गरेपछि अनुसन्धानको क्रममा उक्त कम्पनीमा शिलबन्दी गरिएको हो ।

नियन्त्रणमा लिईएको जिप र कपडाको बिल बिजक शंकास्पद रहेको र  उक्त ट्रान्सपोर्टको गोदाममा रहेको अन्य सामग्रीको बिल बिजक सही भए नभएको बारे पनि थप अनुसन्धान हुने राजस्व कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार  ६ : ४४ बजे