काठ्मान्डौ-
पछिल्लो समय खाडी मुलुक हरुमा काम गर्न जाने नेपाली कामदारहरुलाई आउन जान सहज बनाउन र ठगिमा पर्न बाट जोगाउदै उचित सेवा सुबिधा को ब्यबस्था मिलाउन श्रम मन्त्रालयले बिशेश पहल गर्दै आएको छ ।
अब कतार सरकारले पनि नेपाली कामदारहरुको सहजताका लागी नेपाल मै भिशा सेन्टर खोल्ने भएको छ ।
भिशा सेन्टर खोल्ने बिषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच भिसा सेन्टर र कामदारका विषयमा छलफल भएको र भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।
कतारी राजदूतावास कार्यालयभित्रै भिसा सेन्टर खोल्ने गृहकार्य भइरहेको दूतावासले जानकारी दिएको छ।
कतार जान चाहने व्यक्तिले आवेदन दिएको २ दिनभित्र भिसाका विषयमा जानकारी आउने दूतवासका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। कतार जान इच्छुक श्रमिकले आवेदन दिएको ४८ घन्टाभित्र भिसा हातमा आउने र भिसा लागेको एक हप्ताभित्र कतार जान मिल्ने गरी दूतावासले काम अघि बढाएको हो।
सेन्टरले काम गर्ने सुरु गरेपछि रोजगारीका लागि कतार जाने समय पनि छोटिने भएको छ। यसअघि कतार जान म्यानपावरमा राहदानी पेस गरेपछि ३ देखि ६ महिना कुर्नुपर्ने बाध्यता थियो।
कतार सरकारले सिंगापुरको बियोमेट कम्पनीसँग सहकार्य गरी सेन्टरमा जडान गरिने सफ्टवेयर निर्माण गरिरहेको बताइएको छ। कामदार आपूर्ति गदै आएका ८ देशमा १८ वटा भिसा सेन्टर खोल्न तयारी कतारले गरिरहेको छ।
सेन्टरमार्फत स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट, रोजगारीका लागि कतार जान चाहने कामदारका आवेदन र भिसा लागेपछि सम्झौता पत्र हस्ताक्षरको काम हुने जानकारी दिइएको छ। सेन्टरमार्फत कतार जाने कामदारले नेपालमै भिसा र तलबका विषयमा जानकारी लिन सक्नेछन्।
नेपालमै भिसा सेन्टर खोलेर कामदार आपूर्ति गर्न थालेपछि कामदारमाथि भइरहेको ठगी र विकृतिे अन्य हुने विश्वास कतार सरकारले लिएको छ। यसैगरी, हाल जथाभावी रकम असुल्ने प्रवृत्ति निरुत्साहित हुने दूतावासले विश्वास गरेको उल्लेख गरेको छ।
सेन्टर स्थापना भएपछि कतार जाने कामदार सबै प्रक्रिया भिसा सेन्टरमार्फत नै हुने दूतवासले जानकारी दिएको छ। पारिवारिक र व्यापारिक भिसाका लागि कतार जान चाहने व्यक्तिले पनि सेन्टरमार्फत आवेदन दिएर कागजात प्रमाणीकरण गर्ने सक्ने व्यवस्था गरिएको छ।