मोरङ-
मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतनामा पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लरीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ६७०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
ठक्करबाट मोटरसाईकलमा सवार सुनसरी बराह नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
लरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।