काठमान्डौ-
काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दा पनि सङ्गठित र गतिशिल हुन नसकी रहेको आरोप लागिरहेका बेला काँग्रेसका युबा नेताहरु फेरी एक्जुट भएर अघी बढ्ने भएका छन ।
सबै बिशयमा छलफल गरेर निचोडमा पुग्ने र शिर्श नेताहरुलाई सम्मान गर्दै पार्टी अस्पस्ट र निर्णय बिहिन हुन पुगेका बिशय हरुमा हस्तक्षेप्कारी भूमिकामा देखिने युबा नेताहरुले तयारी थालेका छन ।
आज शुक्रबार नै बैठक बसेर निचोडमा पुग्ने गरी छलफलमा जुटी रहेको युबा नेता तथा केन्द्रिय सदस्य गुरुप्रदिप पौडेलले न्यू सञ्चार लाई बताए । यसअघि पनि केन्द्रीय समितिमा ५१ पृष्ठको संयुक्त प्रतिवेदन बुझाइसकेकाले अब पनि त्यस्मा केही थपघट गर्नुपर्ने छ कि भनी सल्लाह हुने पनि नेता पौडेलले बताए ।
काँग्रेसले सडकदेखि संसदसम्म सशक्त भूमिका खेल्न नसकिरहेका बेलामा युवाहरु नै काँग्रेसलाई अगाडि बढाउन अग्रसर हुनुपर्ने भएकाले आफूहरु सक्रिय भएको र अफुहरु कुनै गुटको स्वार्थ भन्दा सिङ्गो पार्टिको स्वार्थ अनुसार अघाडी बढ्न खोजी रहेको नेता पौडेलले बताए ।