काठ्मान्डौ-
इजरायल र दक्षिण अफ्रिकामा हाल कार्यारत राजदूतहरूलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। योसँगै खाली हुन आएको इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्यलाई सिफारिस गरेको छ।
गत २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य सिफारिस गरेको बताएका हुन्।
फिर्ता बोलाईएका इजरायलस्थित नेपाली राजदुतलाईलाई ३ साताभित्र फर्कन समय दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए।
फिर्ता बोलाईएका इजरायलस्थित नेपाली राजदुत निरञ्जन थापा पञ्चायत कालका मन्त्री समेत हुन
त्यस्तै, दक्षिण अफ्रिकाका राजदूतलाई अमृत बहादुर राईलाई पनि ३ साताको समय दिएर मन्त्रालयमै फिर्ता बोलाइएको छ।