मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्याकाण्ड: के नेपाल प्रहरी को अनुशन्धान नै फितलो हो ? या अपराधी प्रहरी भन्दा शक्तिशाली हो ?



कञ्चनपुर-

साउन १० गते हराएकी निर्मला ११ गते घर नजिकै बलत्कार पछी मृत फेला परेकी निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्ने छाट छैन । कयौ अनुशन्धान समिती बनेर हरेक बिधी बाट छनबिन गरेको भनिय पनि ति सबै नाकाम भइरहेका छन ।

घटनाको छानबिन हुन किन नसकेको के नेपाल प्रहरी को अनुशन्धान नै फितलो हो ? या अपराधी प्रहरी भन्दा शक्तिशाली हो ? प्रश्न उठेको छ ।

यसै बिच निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान क्रममा थप ४ जनाको डिएनए परीक्षण गरिए पनि नेगेटिभ देखिएको छ।

कञ्चनपुरका डिएसपी कृष्ण ओझाले उनीहरुको डिएनए मेल नखाएको जानकारी गराए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग यी ४ जनाको डिएनए नमिलेको उनले बताए।

यसअघि ५ जनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन। तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिइसकेको छ।

साउन १० गते हराएकी निर्मला ११ गते घर नजिकै मृत फेला परेकी थिइन्। दोषी अझै पत्ता लाग्न सकेका छैनन्। छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका बाआमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसिरहेका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  ७ : ४९ बजे