बम राखेर आतङ्क फैलाउने समुहका नाइके पक्राउ



कात्तिक ३०, नेपालगञ्ज-

बम राखिएको हल्लाले बिहीबार दिनभरी नेपालगञ्ज त्रसित भएको थियो ।  बमलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर अपरान्ह चार बजे निस्क्रिय पारेको थियो ।

हिजो  नेपालगञ्जको पुष्पलालचोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संगठनका प्रमुख भनिएका प्रदीप वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

वलीले नेपालगञ्जको व्यस्त चोक पुष्पलालचोकको शालिक मुनी प्लाष्टिक झोलामा बम राखेर नजिकैको होटलमा फोन गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार  ८ : ०६ बजे