हेटौडा-
कलैया उपमहानगरपालिका १ बाट एक जना प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपले भित्रिने गुट्खा, पान मसाला लगायतको अवैध कारोवार गर्न सहयोग गर्ने आश्वासन दिई ब्यबसायिबाट एक लाख रुपैयाँ नगद लिंदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार ३० वर्षिय सुदामा हजरालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनको बारेमा थप अनुसन्धान हुने बताइएको छ ।