काठमाडौं –
चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी अबैध अमेरिकि डलर सहित पक्राउ परेका छन ।
काठमाडौँबाट रसुवागढी जाँदै गर्दा २८ हजार ६ सय अमेरिकी डलरसहित उनिहरु पक्राउ परेका हुन । । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नियमित चेकजाँचको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ६ त्रिशूली खोलामा उनीहरु पक्राउ परेका हुन् ।
यस सगै सुन तस्कारीमा बढी प्रयोग हुने भनिएको नाकाबाट अबैध डलरको ओसारपसार पनि हुने गरेको नयाँ तथ्य सार्बजनिक भएको छ । उनिहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।