मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराका सुन्दर तालहरु र हिमाल अब बेलुनमा उड्दै हेर्न पाइने



पोखरा-

आन्तरिक र बाह्य दुबै पर्यटकहरु को गन्तब्य बनिरहेको सुन्दर नगरि पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारमा  हट एयर बेलुनको पहिलो उडानमा उडेर व्यवसायिक उडानको उद्घाटन गरेका हुन्।

हट एयर बेलुनको उडान सुरु भय सगै अब आन्तरिक र बाह्य दुबै पर्यटकहरुले पोखरामा रहेका सुन्दर तालहरु र हिमाली दृश्यहरु आकाशमा उड्दै हेर्न पाउनेछन ।

पोखराको  आकाशमा सन् २०१० मा पोखरामा हट एयर बेलुन फेष्टिभल भए पनि व्यवसायिक उडान भने भएको थिएन।

५ जना युवा व्यवसायीले डेढ करोड लगानीमा दुईवटा हट एयर बेलुनबाट व्यवसायिक उडान सुरु गरेका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल नागरिक उड्डयान प्राधिकरणसँग ५ वटा हट एयर बेलुन उडाउने अनुमती लिएर ब्यबसायिहरुले यो सेवा शुरु गरेका हुन ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार  १२ : ०३ बजे