मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो स्वाथ्यका लागी शाकाहारी बन्ने कि ?



काठ्मान्डौ-

आजभोलि शाकाहारी बन्नेहरु बढी रहेका छन ।बिशेश गरी उमेर बढ्दै गयपछी  मान्छेहरु शाकाहारी बन्ने गरेका छन । शाहाकारी बन्नु स्वास्थ्यका लागी राम्रो भएको डाक्टरहरु पनि बताउछन । माछा मासु नखानेलाई भन्दा खानेहरुलाई कयौ रोगहरुको जोखिम हुने गरेको समेत डक्टरहरुले बताउने गरेका छन ।

तर शाकाहारी बन्दा के कस्ता खानेकुरा हरु खाने भन्नेमा भने सचेत रहनु पर्ने उनिहरुको भनाइ छ । शाहाकारी ब्यक्ती हरुले स्व्स्थ रहनलाई यि खाना हरुमा जोड दिनु पर्ने डक्टरहरुको र बिभिन्न अनुशन्धान हरुको सुझाब छ ।

सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।

फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।

शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनिक भोजनमा दाल सामेल गर्न सकिन्छ ।

हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ, यसमा फोलिक एसिड भरपुर मात्रामा पाइन्छ, जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।

एजेन्सि-

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार  १२ : ४५ बजे