मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको गियर नबदली भएन: नेकपा अध्यक्ष प्रचन्ड



१ मंसिर, दोलखा –

दोलखाको  चरिकोटमा प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको गति बढाउन मन्त्रीमण्डल हेरफेर हुनसक्ने बताएका छन ।

पछिल्लो समय प्रचन्डले सरकारको गती बढाउन गियर बदल्ने कुरा पटक पटक उठाउदै आएका छन । सरकारको गती र काम गराइ चित्त बुझ्दो नभएपछी पछिल्लो समय पार्टी भित्रै सरकारका प्रती अशन्तुष्टिहरु बढी रहेका छन । शिर्ष नेताहरुले नै बेला बेला सार्वजनिक रुपमै सरकारको आलोचना गर्ने गरेका छन ।

प्रचन्डले पनि फेरी आजको कार्यक्रममा बोल्दै सरकारको गती बढाउनैपर्ने बताएका हुन । १२ वटा राष्ट्रीय टोलिहरु सहभागी भएको प्रतियोगितामा बिजेता लाई ३ लाख नगद पुरस्कार राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार  १ : २३ बजे