मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा नेबि संघको बारेमा बिबाद्, १० मिनेट बसेर भोली सम्मलाई बैठक स्थगित



१ मङ्शिर्, काठ्मान्डौ-

नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिधार्थी बिधार्थी संघ को बिशयमा बिबाद बढे पछी आज नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा बसेको कांग्रेस बैठक भोली सम्मका लागी स्थगित भएको छ । निर्धारित समय भन्दा निकै ढिला शुरु भएको बैठक जम्मा जम्मि १० मिनेट  पछी भोली बस्ने गरी टुङिएको हो ।

बैठक शुरु हुनु अघी नेताहरु पार्टी कार्यलय प्रबेश गर्दा नेबि संघ को बिघठन गर्नु पर्ने तथा यही कमिटिको म्याद थप गर्नु पर्ने माग राखेर दुबै थरिले पार्टी कार्यलय बाहिर नाराबाजी गरेका थिय । नेबि संघ केन्द्रिय समिती लाई संघको बिधानले तोकेको अबधिमा महाधिबेसन हुन नसके पछी पार्टिले थप गरेको ३ महिनाको अबधि समेत भोली बाट सकिदैछ ।

बिधानले तोकेको तथा पार्टिले थप गरेको सबै समय सकिदा पनि महाधिबेशन सम्पन्न गर्न कुनै गतिबिधी अघी नबढाए पछी नेबिसंघको नेतृत्व प्रती आलोचना बढ्नुका साथै बिघठन गर्नु पर्ने माग शुरु भएको हो ।

नेबिसंघ बिघठन गर्ने वा यही कमिटिको म्याद थप गरेर जाने भन्नेमा नेताहरु पनि बिभाजित देखिएका छन । यही कमिटिको म्याद थप गरेर जाने निर्णय हुने धेरै सम्भाबना रहेको नेताहरुले बताएका छन ।

नेबि संघको बिबाद ले बैठक लम्बिएको खण्डमा अगामी महासमिती बैठक समेत सार्नु पर्ने सम्भाबना रहेको नेताहरुले बताएका छन ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार  २ : २५ बजे