२ मंसिर, काठमाडौं–
सरकारको भनाइ र गराइमा बिरोधाभास देखिन थालेको छ ।
सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। यो समाचार आजका राष्ट्रीय दैनिक अखबार तथा सबै जसो अनलाईन अखबारहरुमा प्रकाशित भएको छ ।
राष्ट्रपति औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी सरकारले गरेको छ ।
२०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको र तेतिबेला सरकारले गाडी खरिद गर्न ४ करोड छुट्ट्याएकोमा हाल उक्त रकम अपुग भनिएपछी सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको समाचार छ।
पछिल्लो समय उच्च पदस्तहरुलाई गाडी खरिदमा मात्र राज्य कोशको अरबौ खर्च भएको र बिगतमा भन्दा अनुपातमा सरकारी निकायलाई गाडी किन्ने क्रम बढिरहेको तथ्याङ्हरु सार्बजनिक भइरहेका छन ।
एकातिर सरकार सम्बृद्दिको कुरा गरी रहेको छ भने अर्को तिर उत्पादन बढाउने ठाउहरु भन्दा बिलासिताका सामाग्रीहरु जुटाउन राज्य कोशको ठुलो धन राशी खर्च गरी रहेको छ ।
यस बाट सरकारका प्रती जनाता र नागरिक समाजको भरोसा घट्दै गएको छ भने सरकारको भनाइ र गराइमा बिरोधाभास देखिन थालेको छ । सुसाशन र कार्यप्रगतिको दिशामा सरकार सम्बेदन्शिल नदेखियको जानकारहरुले बताउन थालेका छन ।