मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटेर होईन जुटेर अगामी महाधिबेशन बाट पार्टिको नेतृत्व लिन्छौ : कांग्रेस महामन्त्री डा. शशांक कोइराला



मङ्शिर २, बिराट्नगर्-

न्यू सञ्चार

आज पार्टी कार्यलय सानेपामा चलेको पार्टिको केन्द्रिय समिती बैठक नै छोडेर  कोइराला परिवारका ३ नेताहरुले बिराटनगरबाट अब आफुहरु एकताको मालामा जोडिएको र अब अफुहरु फुटेर नभै जुटेर राजनितिमा लाग्ने उद्घोश गरेका छन ।

हजारौ सहभागी रहेको जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा शुभचिन्तक हरुले लगाइ दिएको एउटै माला मा जोडिएर कोइरालाहरुले एस्तो उद्घोश गरेका हुन ।

कार्यक्रममा पार्टी महामन्त्री शशाङ्क कोइरालाले कोइराला परिवार भित्र मेलमिलाप छैन भन्ने भ्रममा नरहन शुभचिन्तकह रुलाई आग्रह गर्दै अगामी महाधिबेशन बाट पार्टिको नेतृत्व लिने गरी आफुहरु अघाडी बढ्ने र त्यसका लागी जस्ले जे त्याग गर्नु परे पनि आफुहरु तयार रहेको बताए ।

यस अघी पनि गिरिजा प्रसाद कोइराला लगायत नेताहरुले पनि महत्वपुर्ण निर्णय हरु कोइराला निबास बिराट्नगर बाटै सार्बजनिक गर्ने गरेका थिय ।

पार्टिको केन्द्रिय समिती बैठक नै छोडेर बिराट्नगर बाटै पार्टी नेतृत्व लिन एक्जुट हुने कोइरालाहरुको निर्णयलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

यसले कांग्रेसको भाबी राजनीतिमा नयाँ तरंग फैलिएको छ भने यो अभूतपूर्व एकताले कांग्रेसको आसन्न महाधिबेशनमा कोइराला परिवारबाट एक जना सभापतिको लागी सर्वसम्मत उम्मेदवार बन्ने पक्का पक्की जस्तै देखिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  २ : १६ बजे