मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा अध्यक्ष कमल थापाको व्यक्तिगत आग्रह, पूर्वाग्रहले पार्टी एकता प्रक्रिया धारापमा परेको आरोप



काठमाडौं–

राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच पूर्वपदाधिकारीसहितका १९ सदस्यले अध्यक्ष कमल थापाको व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहका कारण पार्टी एकता प्रक्रिया अन्तिम समयमा आएर रोकिएको आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टीको कार्यकता र शुभेच्छुकको भावनाको कदर गर्दै समान राजनीतिक विचारधारा भएका शक्तिहरूबीच चलिरहेको एकता प्रक्रिया व्यक्तिगत स्वार्थ, आग्रह पूर्वाग्रह असन्तुष्टि त्यागेर तत्काल टुंगोमा पु(याउन उनीहरूले आग्रह गरेका छन् ।

आइतबार राजधानीमा बसेको उनीहरूको गोप्य बैठकले अध्यक्ष थापाले एकता प्रक्रिया अघि बढाउन आनाकानी गरे पार्टी परित्याग गर्नसमेत पछि नपर्ने निष्कर्ष निकालेका छन् ।

संयुक्त विज्ञप्ति जारी गरी राप्रपा अध्यक्षलाई चेतावनी दिने नेताहरूमा पूर्ववरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वउपाध्यक्षद्वय टंक ढकाल र दिलविकास राजभण्डारी, पूर्वमहामन्त्रीद्वय जयन्त चन्द र धवलशमशेर राणा, दिलनाथ गिरी, अर्जुन राई, दिनेश श्रेष्ठ, मुकुन्दश्याम गिरी, गोविन्द खनियाँ, प्रेक्षा मल्ल, प्रेम भण्डारी, गजेन्द्र सिंह, रामबहादुर शाह, प्रह्लाद शाह, गणेशसिंह विष्ट, भरत गिरी, सानोकाजी हेक्का र चिरागमानसिंह कुँवर छन् ।

 

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  ४ : १७ बजे