मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 डा. गोविन्द केसी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना




काठमाडौं

डा. गोविन्द केसी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । अत्याधिक छाति दुखाइका कारण डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचार गराइरहेका छन् । छातिमा समस्या आएपछि सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका उनको उपचार भइरहेको छ । उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राखेर कयौंपटक आमरण अनशन बसेका डा. केसी अस्वस्थ भएका हुन् । लामो समयसम्म पटक पटक आमरण अनशन बसेका कारण उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  ५ : ११ बजे