धनगढी –
भारतबाट रोजगारी गरेर फर्किरहेका एक ब्यक्ती कैलालीको धनगढीमा बेहोस अवस्थामा फेला परेका छन् ।
भारतबाट रोजगारी गरेर फर्किरहेका कैलाली लम्कीचुहा नगरपालिकाका ५२ वर्षीय चेतराम डंगौरा थारु बेहोस अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको र उनको अझै होस नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीसँग भएको रुपैयाँ लुट्नका लागि बेहोस बनाउने औषधी खुवाएको आरोपमा जनकपुर घर बताउने उमेश नामका एक जना रिक्सा चालकलाई पक्राउ गरिएको पनि कैलाली प्रहरीले जनाएको छ ।