मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा रहेका नेता कार्यकर्ता हरुलाई जिल्ला फर्किन कांग्रेस नेता कार्किको आग्रह



न्युयोर्क-

४ मंसिर  न्यू सञ्चार्- 

अमेरिका स्थित नेपाली कांग्रेस सोलुखुम्बुको  न्युयोर्क सम्पर्क समितिले न्यूयोर्कमा नेपाली कांग्रेस सोलुखुम्बुको बारेमा एक छलफल कार्यक्रमको आयोजना गरेको छ

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपध्यक्ष तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका बर्तमान सल्लाहाकार श्री मिङमार शेर्पाको अध्यक्षता र नेपाली काँग्रेस सोलुखुम्बुका नेता तथा नेपाल उधोग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, ब्यबसायी समाजसेवी प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लहाकार तथा लुम्बिनी बिकास कोषका पूर्व सदस्य सदस्य आङ दावा शेर्पा, नेपाली जनसम्पर्क समिति बिश्व संजालका अध्यक्ष श्री बिष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्, शेर्पा किदूक अमेरिकाका महासचिव तेण्डी शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बु सल्लेरी गाबिसका पूर्व अध्यक्ष रिन्जी पासाङ लामा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव श्री अमर तमाङ, शेर्पा पत्रकार श्री आङ छिरीङ शेर्पा लगायात्को उपस्थिती रहेको थियो ।

तेस्तै कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका बिभिन्न तह र जिम्मेवारिमा  रहेर काम गरेका र हाल जनसम्पर्क समिती अमेरिकामा आबद्द रहेका थुप्रै सहभागी रहेका थिय ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा ब्यबसायी समाजसेवी प्रकाश सिंह कार्कीले नेपाली कांग्रेस सोलुखुम्बुमा पुनर्जागरण ल्याउदै  कांग्रेसको नेतृत्वमा जिल्लाको बिकाश निर्माण र रोजगारी सिर्जना गरेर जनाताको आशा र भरोशा कायम गर्न अमेरिकामा रहेका सबै पुराना कांग्रेस नेता कार्यकार्ताहरुलाई सोलुखुम्बु फर्कन आग्रह गरेका छन । जन्मभुमीप्रतीको दायित्व सबैले पुरा गर्नु पर्ने उल्लेख गर्दै नेता कार्किले एतिबेला नेपाली कांग्रेस पार्टी र समग्र जिल्लाले सबैको साथ खोजेकोले अब सबैले आ-आफ्नो दायित्व पुरा गर्ने समय आएको बताए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका कोषध्यक्ष एबम नेपाली कांग्रेस सोलुखुम्बुका नेता विजय कुमार थुलुंगले कार्यक्रममा सहभागी हरुलाई स्वागत गरेका थिय ।

कार्यक्रममा बक्ताहरुले नेपाली नेपाली कांग्रेस सोलुखुम्बु लामो समय सम्म नेताहरुको राजनितिक बिबाद,अशहिष्णुता, चरम गुट्बन्दी र घर झगडाले आक्रन्त बनेको र अब नयाँ ढङ्गले जानुको बिकल्प नभएको भन्दै कांग्रेस सोलुखुम्बु को सुधारका लागी आफुहरु जेसुकै गर्न तयार रहेको बताए । लामो समय समाज सेवामा रहेर निर्बिबाद छबी बनाएका नेता प्रकाश कार्कीको सकृयताले आफहरु उत्साहित भएको र नेता कार्कीको सकृयता कांग्रेस सोलुखुम्बुका लागी महत्वपूर्ण रहेको समेत कार्यक्रमका सहभागीहरुले बताए

 

 

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ७ : ४८ बजे