काठमाडौँ –
चार देशका लागि सरकारले सिफारिस गरेका राजदुतहरुका बिशयमा केही उजुरी भए १० दिन भित्र पेश गर्न संसदीय सुनुवाई समितिले आह्वान गरेको छ बुधबार बसेको समितिको बैठकले भारत, मलेसिया, इजरायल र युएईमा सिफारिस भएका राजदूतका सम्बन्धमा केही उजुरी भए दिन आह्वान गरेको हो ।
मन्त्रीपरिषदको बैठकले भारत, मलेसिया, इजरायल तथा युएईका लागि राजदुतमा सिफरिस गरेका सबैको सम्बन्धमा अब संसदीय सुनुवाई हुनेछ ।सुनुवाईको क्रममा बुधबार बसेको समितिको बैठकले उजुरीका लागि समय दिएको हो ।
प्राप्त भएका उजुरीमाथि छलफल गरी समितिले उनीहरुका बारेमा निर्णय लिने प्रक्रिया सुरु गर्नेछ ।








