बुटवल –
पुर्वपश्चिम राजमार्गको सैनामैना सरौलीमा मोटरसाइकल र हाइलक्स कार एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्इ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नं १ का करिब ५० बर्षीय तिलबहादुर सुनार र ५६ बर्षीय खेमबहादुर सुनार रहेका संघीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको हो।
घाइते दुवै जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो। पश्चिमबाट बुटवल तर्फ आउदै गरेको बा १८ च ८०१६ नम्बरको हाइलक्स कार र बुटवल बाट पश्चिम तर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
तिब्र गतीका कारण दुर्घटना भएको प्रहरीले बताएकाे छ।