मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता कार्याकर्तासँग देउवाको गुनासोः मेरो विरोध गर्ने ओली सरकारको नगर्ने ?



बुटवल मंसिर, ६–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । बिहिबार रुपन्देहीको भैरहवामा ५ नम्बर प्रदेशस्तरिय सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

कांग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न प्रदेशस्तरिय सुझाव संकलन सुरु गरेको छ ।
उनले पार्टीका कार्यकर्ताले आफ्नो विरोध गरेको तर, ओली सरकारले गरेका गलत कार्यविरुद्ध कुनै आवाज नउठाएको गुनासो समेत गदरे ।

उनले भने ‘तपाईँहरु खाली मेरो विरोध गर्दै हिँड्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको ? किन बोल्नुहुन्न् ?’

नेकपाकै नेता माधव नेपालले समेत पार्टी र सरकारको विरोध गरेको तर, काँग्रेसका कार्यकर्ताहरुले भने सरकारको विरोध गर्न नसकेको उनको भनाई थियो ।

काँग्रेसका नेता तथा कार्यकर्ताले आफैँ भित्र अन्तरर्घात मात्रै गर्ने गरेको देउवाले गुनासो गरे ।

उनले भने, ‘अब पार्टी यसरी चल्दैन, पार्टी एकढिक्का बनाउँदै अन्तर्घात रोक्नुपर्छ र ओली सरकारको कडा विरोध गर्नुपर्छ ।’

भैरहवामा आयोजित प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा यस प्रदेशका पार्टी केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टी जिल्ला सभापति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य,क्षेत्रीय सभापति,भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेशस्तरीय सभापति, पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुखलगायतका सहभागिता रहेको छ ।

पार्टीले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई तोकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ८ : ४३ बजे