६ मंसिर, काठमाडौं ।
सञ्चार मन्त्री तथा सरकारका प्रबक्ता गोकुल बास्कोटाले राष्ट्रपति निवास अगाडि एउटा हेलिप्याडसमेत आवश्यक पर्ने बताएका छन् । उनले १८ करोडमा एउटामात्रै गाडी किन्न लागेको नभएर आधा दर्जन गाडीहरु खरिद गर्न लागिएको भन्दै सरकारको निर्णयको बचाउ गरेका छन ।
विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मलेनमा मन्त्री बास्कोटाले राष्ट्रपतिमाथि भइरहेको सार्वजनिक आलोचना गलत भएको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिजस्तो संवैधानिक एवं सम्मानित संस्थालाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले राष्ट्रपति भवन प्रहरी प्रतिष्ठानसम्म विस्तार गरिनुपर्ने र राष्ट्रपति भवनमा हेलिप्याड समेत हुँदा सजिलो हुने जिकिर गरे ।
राष्ट्रपतिका लागि गाडी खरिद गर्ने निर्णय अघिल्लो सरकारकै पालामा भएको र यसबारे तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेलै संसदलाई जवाफ दिइसकेको पनि मन्त्री बास्कोटाले बताए ।