डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ , १० जनाको अवस्था गम्भिर



डडेल्धुरा मंसिर, ७–

डडेल्धुरामा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डडेल्धुरा प्रहरीका अनुसार बिहिबार भएको दुर्घटनामा  १२ जनाको घटनास्थलमै र बाँकी ४ जनाको अस्पाताल पु¥याएपछि मृत्यु भएको हो । बिहीबार साँझ सात बजे अमरगढी नगरपालिका–११ रडुवामा बस दुर्घटनामा भएको थियो ।

उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर डोटी फर्कंदै गरेको पिसजोन बिद्या निकेतनको से १ च २९३ नं को बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुको अझै पहिचान भएको छैन । बसमा ३५ जना भन्दा बढि सवार रहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा घाईते भएकाहरुको डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचार गराइरहेका १० जनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार  ३ : ५५ बजे