मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किष्ट बैंकमा घोटला गर्ने घर्ती र श्रेष्ठ पक्राउ



काठमाडौं मंसिर, ७–

किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)ले बैंक कसुर अभियोगमा घर्तीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका  घर्तीलाई हिरासतमा राखिएको छ भने  भने बिरामी भएको नाटक गर्दै श्रेष्ठ अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ ।
बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परिसकेका छन्। ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो।

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो।

 

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  १० : ३५ बजे