मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउने आइतबारबाट काङ्ग्रेसको केन्द्रीय समितिको बैठक: आगामी महासमिती बैठकको तयारिबारे छलफल हुने



मङ्शिर ,७  काठमाडौँ

 नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।

आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा  बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

बैठकमा आगामी महासमितिको बैठक र महासमितिको बैठकमा छलफलका लागि लैजान विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेतयारीबारे छलफल हुने काङ्ग्रेस केन्द्रीय सदस्य एबम युबा नेता गुरुराज घिमिरेले न्यू सञ्चारलाई बताए ।

 यसअघि मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका भ न्द मङ्सिर २८ देखि पुस ३ गतेलाई काठमाडौँमा महासमिति बैठक आह्वान गरिएको हो । ।

सभापती शेर बहादुर देउबासग अशन्तुष्ट नेताहरुले बिगत लामो समय देखी महासमिती बैठक माग गरिरहेका थिय ।

अब हुन लागेको महासमिती बैठकले काङ्ग्रेसको बिधानमा रहेका अस्पस्टताहरु हटाउने र अहिलेका नयाँ चुनौती हरुको सामना गर्न सक्ने पार्टीको रुपमा काङ्ग्रेसलाई सैद्दन्तिक र साङ्गठनिक  मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  १२ : २० बजे