आकर्षक रोजगारीमा क्यानडा पठाइदिने भन्दै १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ



मङ्शिर ७, काठ्मान्डौ-

क्यानडामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएर १० जनासँग करिब १ करोड रुपैयाँ ठगी गरेको तथा मानव तस्करी गरेको अभियोगमा एक कन्सलटेन्सी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको पुतलीसडकमा वेबस्टर एजुकेशन नेटवर्क नामक कन्सलटेन्सी सञ्चालन गरेकी सुनिता तिवारी वाइवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो।

मकवानपुरको बकैया–९ च्युरीबास घर भई काठमाडौंको नैकाप बस्दै आएकी सुनिताले क्यानडामा आकर्षक काममा लगाइदिने भन्दै १० जना नेपालीलाई ठगेको उजुरी सिआइबीमा परेको थियो।

प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार  १२ : ४२ बजे