कपिलवस्तु मंसिर, ८–
कपिलवस्तु जिल्लाका प्रदेश सांसद उम्मेदावर दीपेन्द्रकुमार कुर्मीको गोली हानी हत्या गरिएको हत्या पछी स्थानि हरु कपिल्बस्तुमा आन्दोलित भएका छन । हत्याको आरोपमा कपिल्बस्तु प्रहरिले २ जनालाई गिरफ्तार गरेको छ भने आन्दोलनकारी लाई रोक्न दर्जनौ राउन्ड अश्रु ज्ञास समेत प्रहार गरेको समाचार छ ।
आन्दोलनकारीहरुले सम्भाबित हत्याराको आरोपमा अमित पाण्डेको घरमा सामन्य तोड्फोड समेत गरेका छन भने पान्डे लगायत अन्य २ जनालाई प्रहरिले पक्राउ गरेको छ ।
गत प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट स्वतन्त्र उम्मेदवार समेत रहेका कुर्मिलाई शुक्रबार राति करीव साढे आठ बजे मोटरसाईकलमा आएको दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।
शरीरका विभिन्न भागमा ४ राउण्ड गोली लागेका कुर्मीको उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।








