काठमाडौँ ।
प्रस्ताबित बिधान लागु भय पछी पार्टीलाई आधुनिक, पूर्ण समावेशी र प्रभावशाली दलका रूपमा स्थापित गराउदै अहिलेको सिथिल राजनितिक अवस्थाबाट नयाँ दिशामा लाने र सैद्दन्तिक र सङ्गठनिक मार्ग निर्देश गर्ने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा विधान सशोधन मस्याैदा समितिका संयोजक पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा पेश गरेका छन ।
काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको हो ।
प्रस्ताबित बिधानमा केन्द्रिय समितिको सङ्ख्या बढाएर १४१ हुने प्रावधान राखिएको छ भने प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ ।
बिधानको बिषयमा छलफलका क्रममा आएका तथा समिती भित्रैबाट आएका फरक मतहरुलाई पनि मसयौदामा समेटेर प्रस्तुत गरिएको पार्टिका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जनाए ।
प्रस्ताबित मस्यौदामा सबैभन्दा मुनि टोलस्तरमा पार्टीको कार्यसमिति हुनेछ । पाँचसय देखि एक हजार ५०० जनसङ्ख्या बसोबास रहेको बस्तीमा गाउँटोल कार्यसमिति रहनेछ । त्यसभन्दा माथि वडासमिति, त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा गरी ८ तहका पार्टीका संरचना रहने प्रस्ताब गरिएको छ । ।
आज प्रस्तुत गरिएको प्रस्ताबित बिधानको केन्द्रिय सदस्यहरुले आवश्यक अध्ययनपछि आगामी मङ्शिर १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गरेर बिधान्को मस्यौदा पारित गर्ने कार्यतालिका रहेको केन्द्रिय सदस्य तथा युबा नेता गुरुराज घिमिरेले न्यू सञ्चारलाई बताए ।
मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरेपछी मात्र पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हँुदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ ।
प्रस्ताबित बिधान लागु भय पछी पार्टीलाई आधुनिक, पूर्ण समावेशी र प्रभावशाली दलका रूपमा स्थापित गराउदै अहिलेको सिथिल राजनितिक अवस्थाबाट नयाँ दिशामा लाने र सैद्दन्तिक र सङ्गठनिक मार्ग निर्देश गर्ने अपेक्षा गरिएको छ । साथै महासमिती बैठक पछी पार्टी थप एकताबद्द हुने अपेक्षा गरिएको छ ।