मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तका बुवालाई काठ्मान्डौ ल्याइयो शिक्षण अस्पतालमा उपचार शुरु



काठमाडौँ-

बलत्कार पछी हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन सरकारले तदारुकता नदेखाएपछी जिल्ला प्रशासन कञ्चन्पुरको गेटमा न्यायका लागी धर्नामा   बस्दा बस्दै बिरामी परेका निर्मलाका बुवा  यज्ञराज पन्तलाई काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ।

बुद्ध एयरले उनलाई धनगढीबाट काठमाडौँ उडाउन नमानेपछि उनलाई सडकमार्गबाट आइतबार साँझ काठमाडौँ ल्याइएको हो।

टिचिङ अस्पतालमा आकस्मिक कक्षमा भर्ना गर्ने क्रममा निर्मलाका बुवा यज्ञराज पन्तले  आफुलाई केही नभएको, न्याय मात्र चाहिएको बताए । साबैका सामु त्यसरी मारिइएकी छोरिले न्याय नपाउदा आफु मर्माहत बनेको भन्दै उनले हत्याराले सजय पाएको देख्ने मात्र चाहना रहेको बताए

उनलाई टिचिङ अस्पतालमा डा. तीर्थमान शाक्यको टोलीले उपचार गर्न सुरु गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  १ : २० बजे