१० मंसिर, काठमाडौं ।
राज्यविरुद्धको अपराधको मुद्दाको अनुसन्धान गरिरहेको सर्बोच्च अदालतले सरकारी पक्षको दाबी अनुसार सिके राउतको पेन्ड्राइभ झिकाउन आदेश दिएको छ ।
स्वतन्त्र मधेश अभियान चलाउदै आएका सिके राउत हाल् रौतहटमा थुनामा थुनामा रहेका छन ।
सरकारी पक्षले राउतले राज्यविरुद्ध अपराध गरेको प्रमाण उनको पेनड्राइभमा रहेको बताएपछि अदालतले उक्त पेनड्राइभ दाखिला गर्न आदेश दिएको हो ।
सोमबार न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको आदेशमा भनिएको छ ‘यसमा प्रस्तुत मुद्दाको प्रमाणको रुपमा उल्लेखित पेनड्राइभ दाखिला भएको नदेखिँदा उक्त पेनड्राइभ महान्यायाधिवक्ताको कार्यालयमार्फत अविलम्ब दाखिला गराई सो पेनड्राइभ हेर्ने समुचित व्यवस्थासमेत गरी मिति २०७५/८/१२ को पेशी तोकी उक्त दिन वन्दीलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’