मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाकी आमालाई पिरा माथी पिर् ,भन्छिन छोरिलाई न्याय दिलाउनुछ र श्रीमानलाई पनि ठिक बनाउनु छ’



१० मंसिर, काठमाडौं ।

बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि अनसन बस्दा बस्दै निर्मलाका बुवा नै बिरामी भय पछी निर्मलाकी आमा दुर्गादेवी लाई थप तनाब थपिएको छ ।

उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ ।

संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर छँदै छ, त्यही न्यायको लडाइँमा लागिरहेका श्रीमान यज्ञराजको स्वास्थ्य बिग्रिएपछि दुर्गादेवीलाई पीरमाथि पीर थपिएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा दोषी पत्ता नलाग्नुले न्यायविहीन राज्यको आभास गरिरहेकी दुर्गादेवीले हिम्मत नहारी लडिरहेकी छिन्।

‘न्यायको आश मरेको छैन तर श्रीमानलाई पनि केहि भैदेलाकी भन्ने डर बढेको छ तर अब छोरिलाई पनि न्याय दिलाउनुछ र श्रीमानलाई पनि ठिक बनाउनु छ’ शिक्षण अस्पतालामा भेट्न आउने पत्रकार तथा शुभचिन्तक हरुलाई निर्मलाकी आमाले बताउने गरेकी छिन।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  २ : २२ बजे