मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा बस दुर्घटना: २५ जना घाइते



११ मंसिर, कैलाली ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नम्बर को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल लाने क्रम चलिरहेको प्रहरिले जनाएको छ । घाइतेहरुको अवस्थाबारे थप समाचार आउन बाकी छ ।

पुलमा समेत क्षति पुगेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  ५ : ०५ बजे