सरकारी तामझामको सामाजिक सञ्जालामा ब्यापक बिरोध् , प्रधान्मन्त्री भन्छन्-‘सरकार देखाउनलाई गरिएको हो’



मंसिर ११,काठ्मान्डौ-

सामाजिक सुरक्षा कोषका नाउमा पछिल्लो समय प्राधाअन्मन्त्री ओलिका तस्बिरहरु सडकका बोर्डहरुमा र सञ्चारमाध्यमहरुमा छरपस्ट देखिन थाले पछी सामाजिक सञ्जाल र जनस्तरमा तिब्र बिरोध देखिएको छ ।

बिज्ञापनमा खर्चिएको यत्रो रकमले अन्य काम हुन सक्थ्यो भन्ने जन आवाजहरु सामाजिक सञ्जालहरुमा जताततै देखिन थालेका छन ।

तर प्राधाअनमन्त्री ओलिले भने सरकार काहा छ ?भनेर सोध्ने हरुलाई सरकार देखाउन यसो गर्नु परेको बताएका छन ।

आज कमलादीस्थतित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा   आयोजित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा  प्रधानमन्त्री ओलीले   सरकार देखिएन भन्ने हरुलाई  भन्नेहरुलाई देखाउन यो ताम्झाम गर्नु परेको बताए ।

प्रधानमन्त्रीले अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्ने समेत  बताए।

प्रधानमन्त्री प्रतिपक्षी नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्राधाअन्मन्त्री  भने, ‘सरकार खोज्नेहरुलाई म भन्न चाहन्छु– अझै देख्नुभएन? अब चस्मामा पावर थपिइरहनुपर्दैन। सरकार त्यतिकै देखिन्छ।’

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  ९ : ४१ बजे